News राजनीति मुख्य समाचार

दश वर्षपछि आफ्नै पुरानो घर एमाले मै फर्किइन् राजपा कोषाध्यक्ष अनिता यादव

दश वर्षपछि आफ्नै पुरानो घर एमाले मै फर्किइन् राजपा कोषाध्यक्ष अनिता यादव


असार ४ । राष्ट्रिय जनता पार्टी नेपालकी केन्द्रीय कोषाध्यक्ष अनिता यादव आइतबार नेकपा एमालेमा फर्केकी छन् ।

२०६४ सालमा एमाले छाडेर तत्कालिन तराई मधेस लोकतान्त्रिक पार्टीमा गएकी यादव १० वर्षपछि फेरि एमाले फर्किएकी हुन् ।  

आइतबार एमाले पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यादवलाई पार्टीमा स्वागत गरे । ओलीले यादवलाई यो तपाईको पुरानो घर हो भन्दै फर्किएर आएकोमा धन्यवाद दिए ।

नेतृ यादवले आफूले मधेसमा शान्ति र सद्भावको राजनीति गर्ने चाहना राखेको भन्दै राजपाबाट त्यो सम्भव नभएकाले एमालेमा फर्किएको बताइन् । २४ वर्षदेखि राजनीतिमा रहेकी यादवले एमालेबाटै राजनीति सुरु गरेकी थिइन् ।

विशेष