विदेश

दक्षिण कोरियाको विदेश मन्त्रीमा पहिलो पटक महिला

दक्षिण कोरियाको विदेश मन्त्रीमा पहिलो पटक महिला

असार ४ । संयुक्त राष्ट्रसङ्घमा जिम्मेवारी सम्हालेर कुटनीतिक मामिलाकी अनुभवी व्यक्तित्व दक्षिणी कोरियाको पहिलो महिला विदेश मन्त्री भएकी छिन् ।

उत्तर कोरियासँगको सम्बन्धलगायत उत्तर कोरियाले बारम्बार गर्दै आएको क्षेप्यास्त्र परिक्षणको समेत सुधार्नका लागि सजिलो हुने अपेक्षा सहित ६२ वर्षीया काङ क्युङलाई आइतबार राष्ट्रपति मुन जाए इनले विदेश मन्त्रीमा औपचारिकरुपमा नियुक्त गरेकाे अधिकारीले जनाएका छन् ।

यसै वर्ष मात्रै संयुक्त राष्ट्रसङ्घका महाचिव एन्टोनीओ गटेर्रेसको मानवअधिकार मामिला उच्च सल्लाहकार भइसक्नु भएकी क्युङ विदेश मन्त्री बनेकी छिन् ।

राष्ट्रपतिमा निर्वाचित भएपछिको पहिलो भ्रमण र भेटवार्ताका लागि अमेरिका जाँदा मुनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग उत्तर कोरियाको हतियारका बारेमा कुराकानी गर्नु अगाडि नै काङ क्युङलाई विदेश मन्त्री बनाउने बताएका थिए ।

राष्ट्रसङ्घको जिम्मेवारी लिनु अगाडि काङले दक्षिण कोरियाको विदेश मन्त्रालयमा सेवा गरेकी थिइन् ।

उनको यही विभिन्न अनुभवका कारण छिमेकी मुलुकसँगको सम्वन्ध सुधार्नका लागि उनीबाट धेरै सहयोग हुने अपेक्षा गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

दक्षिण कोरियाका तत्कालिन राष्ट्रपति पार्क गेउन हाइलाई अपदस्त गरेपछि भएको निर्वाचनबाट मुन जाए इन राष्ट्रपतिमा निर्वाचित भएका हुन् । 

Kang kyun

विशेष