विदेश

कोलम्बियामा आतंकवादी हमला, तीन महिलाको मृत्यु

कोलम्बियामा आतंकवादी हमला, तीन महिलाको मृत्यु

 

असार ४ । कोलम्बियाको राजधानी बोगोटामा आतंकवादी आक्रमण हुँदा तीन महिलाको मृत्यु भएको छ ।

बोगोटाको उत्तरी भागमा रहेको एक शपिङ मलमा भएको सो हमलामा अन्य ११ जना घाइते भएका छन् । मारिनेमध्ये एक जना फ्रान्सका नागरिक रहेको बताइएको छ ।

शपिङ मलको महिला शौचालयमा बम राखिएको हुँदा शौचालय गएका महिला बिस्फोटको शिकार बनेका हुन् ।

बिस्फोटले शपिङ मलमा ठूलो क्षति भएको छ भने घटना लगत्तै शपिङ मल खाली गराइएको छ ।

सुरक्षा अधिकारीहरुले जनाएअनुसार घटनाबारे अनुसन्धान भइरहेको छ र उक्त घटनाको जिम्मेवारी कसैले पनि लिएको छैन ।

 एजेन्सी

 

colombia

विशेष