News

अध्यक्ष अमित शाह भन्छन् भाजपा ससाना राज्य गठनको पक्षमा छ

अध्यक्ष अमित शाह भन्छन् भाजपा ससाना राज्य गठनको पक्षमा छ


असार ४ । भाजपा अध्यक्ष अमित शाहले शनिबार पश्चिम बंगालकी मुख्यमन्त्री ममता व्यनर्जीलाई गम्भिर आरोप लगाएका छन् ।

उनले भने ममताले प्रत्येक कुरामा नै षडयन्त्र गरेको आरोप लगाएका हुन् । ममता दार्जिलिङ पहाडमा गोर्खाल्याण्ड आन्दोलनको पछाडि षडयन्त्र रहेको आरोप लगाएकी थिइन । शाहले पत्रकार सम्मेलनमा भने ममता प्रत्येक कुरामा नै षडयन्त्र देख्छिन् ।

तीनले भारतीय सेना विरुद्ध पनि यस्तै आरोप लगाएकी थिइन । उनले आन्दोलनलाई उत्तर पूर्वका केही संगठन विरुद्ध देशले समर्थन गरेको आरोप समेत लगाएकी थिइन । पत्रकार सम्मेलनमा अध्यक्ष शाहले भने भाजपा ससाना राज्यको गठनको पक्षमा रहेको कुरा सत्य हो । उनले यसबारेमा निर्णय हुनासाथ हामी घोषणा गर्ने छौं ।

हिमाल दर्पणबाट

विशेष