News

सिंहमारी घटनाको तत्काल उच्चस्तरिय जाँजबुझ आयोग गठन गर्न माग

सिंहमारी घटनाको तत्काल उच्चस्तरिय जाँजबुझ आयोग गठन गर्न माग


असार ४ । हिजो भएको सिंहमारी क्षेत्रको गोलीकाण्डप्रति राज्य सरकारको आलोचना गर्दै पहाडका राजनीतिक दलहरुले यथाशीघ्र केन्द्रीय हस्तक्षेपको माग गरेका छन् ।

त्यस्तै घटनामा ज्यान गुमाउने शहिदहरुप्रति समवेदना प्रकट गर्दे दलहरुले अबको आन्दोलन निर्णायक हुन बताएका छन् । यसैबीच गोर्खाल्याण्ड गठनको मागसँगै केन्द्रीय प्रहरी बलको दुरुपयोग भएको समेत आरोप लगाएका छन् । अखिल भारतीय गोर्खा लिगले शनिबार प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री राजनाथ सिंहलाई पत्रचार गरी गार्खाल्याण्ड राज्य गठनको प्रस्ताव पारित गर्नुपर्ने दलिय महासमिच प्रताप खातीले बताएका छन् ।। त्यस्तै खातीको हस्ताक्षर सहितको पत्र भाजपा अध्यक्ष अमित शाहलाई पनि पठाइएको छ ।

उक्त पत्रमा पहाडबासीको शान्तिपूर्ण जुलसुमा सेनाको ज्यादती र दमन भएको भन्दै उच्च स्तरिय जाँचबुझ आयोग गठन गर्न पनि भनिएको छ । त्यस्तै आन्दोलनकारीले पश्चिम बंगाल सरकारले गरेको दमनका बारेमा तत्काल वार्ता गर्न आफूहरु तयार रहेको र केन्द्रसरकारसंग बार्ता गर्ने बताइएको छ ।

हिमालय दर्पण

विशेष