विदेश

भारतीय गृहमन्त्रीको खुट्टा भाचियो, उपचार हुँदै

भारतीय गृहमन्त्रीको खुट्टा भाचियो, उपचार हुँदै


असार ५ । भारतीय गृहमन्त्री राजनाथ सिंहको आइतबार नियमित शारीरिक अभ्यासका क्रममा हिँडिरहेका बेला सरकारी निवास नजिकै खुट्टा भाँचिएको उनको निकट सहयोगीले बताएका छन् ।

पैसठ्ठी वर्षीय सिंहको हिँड्ने क्रममा खुट्टा फर्किदा गोलीगाँठामा समस्या आएपछि आएको र एआईआईएमएस अस्पतालमा लगी उपचार गरिएको हो ।

देब्रे खुट्टा भाँचिएकोले अस्पतालले उनको खुट्टामा उपचारका लागि सामान्य प्लास्टर गरिएको गृहमन्त्रीका सहयोगीले बताए । उपचारपछि सिंह उनी आफ्नो घर फर्किसकेको भारतीय संचारमाध्यमले जनाएका छन् ।

विशेष