News मुख्य समाचार

पराजुलीमा सहमत हुन सकेनन् दल, ओलीले उठाए प्रश्न

पराजुलीमा सहमत हुन सकेनन् दल, ओलीले उठाए प्रश्न


असार ५ । विपक्षी दलका नेताले अध्ययनका लागि समय माग गरेपछि प्रधानन्यायाधीश सिफारिस हुन सकेन ।

संवैधानिक परिषद्को सोमबार बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले गोपाल पराजुलीलाई प्रधानन्यायाधीश सिफारिस गर्न प्रस्ताव गरेका थिए ।

न्याय परिषदले प्रधानन्यायाधीशका लागि पराजुलीसहित ६ जनाको नाम सिफारिस गरेको छ । जसमा पराजुली सबैभन्दा बरिष्ठ हुन् । तर, पराजुलीको नाममा सहमति जुटेन ।

विपक्षी दलका नेता केपी शर्मा ओलीले अध्ययन गर्नुपर्ने समय माग गरेपछि कुनै निर्णय हुन सकेन ।

विपक्ष दलका नेताले समय माग गरेकाले प्रधानन्यायाधीश सिफारिसको निर्णय लिन नसकिएको उपसभामुख गंगाप्रसाद यादवले जानकारी दिए ।
निवर्तमान प्रधानन्यायाधीश सुशीला कार्कीले उमेर हदका कारण जेठ २४ गते अवकास पाएपछिसर्वोच्चका वरिष्ठ न्यायाधीश पराजुली नै कामु प्रधानन्यायाधीश छन् ।

तर, उनको उमेर विवाद थियो । कामु प्रधानन्यायाधीश भएपछि पराजुलीकै नेतृत्वमा वसेको न्याय परिषद्को बैठकले उनको माग अनुसार उमेर सदर गरेको थियो ।

संवैधानिक परिषद्को अर्को बैठक असार १५ गते राखिएको छ ।

विशेष