News मुख्य समाचार

प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन निर्देशन

प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन निर्देशन

असार – ५ । निर्वाचन आयोगले प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन तथा दलहरुलाई संयमता अपनाउन निर्देशन दिएको छ । दोस्रो चरणको स्थानीय तह निर्वाचन अन्र्तगत उम्मेदवारी दर्ताका क्रममा देशका विभिन्न स्थानमा भएका घटनाप्रति गम्भीर चासो प्रकट गर्दै दलहरुलाई सयमता अपनाउन निर्देशन दिएको हो ।

आयोगको सोमबार बसेको बैठकले बाजुराको छेडेदह तथा कपिलबस्तुको वाडगंगामा उम्मेदवारी दर्ताका क्रममा भएका झडपका घटनाप्रति आयोगले दुःख प्रकट गरेको छ । आयोगले त्यस्ता घटना दोहोरिन नदिन सरोकारवालको ध्यानाकर्षण गराएको छ ।

उम्मेदवारी दर्ता गर्ने दिन बाजुराको छेडेदह गाउँपालिका वडा नं. ५ डोगडीमा मनोनयन पत्र दर्ता गर्न जाने क्रममा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप हुँदा ५० बर्षिय हंसबहादुर राउतको मृत्यु भएको थियो । घटनामा दुवै पक्षका केही कार्यकर्ता घाइते समेत भएका थिए ।

यसैगरी, उम्मेदवारी दर्ताकै क्रममा असार ४ गते कपिलवस्तु जिल्लाको बाडगंगा नगरपालिका वडा नं. ४ भित्री हुलाकी सडक खण्डमा बम विष्फोट भएको घटनाप्रति पनि आयोगले चासो प्रकट गरेको छ । बाडगंगामा बम विष्फोट हुँदा १० जना घाइते भएका थिए ।

विशेष