News मुख्य समाचार

बाजुरामा एमाले र कांग्रेस कार्यकर्ताबीच झडप १ को मृत्यु

बाजुरामा एमाले र  कांग्रेस कार्यकर्ताबीच झडप १ को मृत्यु

असार ५ । बाजुराको डोगडीमा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच भएको झडपमा एक जनाको मृत्यु भएको छ ।

झडपमा परी झण्डै एक दर्जन घाइते भएका छन् । छेढेदह गाउँपालिकाको उम्मेदवारी दर्ताका लागि जाने क्रममा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप भएको हो । झडपमा एमाले कार्यकर्ता हंश राउतको मृत्यु भएको हो ।

झडपका क्रममा घाइते भएका राउतलाई उपचारका लागि सदरमुकाम ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले जानकारी दिए ।

विशेष