News मुख्य समाचार

देशमा विखण्डनकारी तत्व सल्बलाएको नेपाली सेनाको निष्कर्ष

देशमा विखण्डनकारी तत्व सल्बलाएको नेपाली सेनाको निष्कर्ष

असार ५ । प्रधानसेनापति राजेन्द्र क्षेत्रिले बर्तमान परिस्थितीको फाईदा उठाउँदै केही विखण्डकारी तथा राष्ट्रिय अस्थिरता पैदा गर्ने तत्व सक्रिय रहेको बताएका छन् ।

यस्तो अवस्थाको समाधान राजनीतिक तहबाट नै हुनुपर्ने बताउँदै उनले भने, संविधानले निर्दिष्ट गरेको आफ्नो जिम्मेवारी पुरा गनै नेपाली सेना कदापी पछि हट्ने छैन । यस्ता तत्वमाथी नेपाली सेनाले समेत आफ्नो नजर राखेको पनि पधानसेनापातिले बताए ।

असार ०४ गते जंगी अड्डा, भद्रकालीमा प्रधान सेनापति क्षत्री लगायत नेपाली सेनाका पूर्व प्रधान सेनापतिहरु तथा वहालवाला एवं पूर्व रथीहरुको भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न क्षत्रीले भने ‘नेपालको राष्ट्रिय एकता तथा भौगोलिक अखण्डतामा आँच पुग्ने कुनै पनि प्रकारका गतिविधिहरु नेपाली सेनाकोे लागि कदापि स्विकार्य नहुने बताएका छन् ।

त्यस्तै उनले देशको वर्तमान सुरक्षा स्थिति बारे चर्चा गर्नु हुँदै वर्तमान तरल परिस्थितिको फाइदा उठाउँदै केही विखण्डकारी तथा राष्ट्रिय अस्थिरता पैदा गर्ने तत्वहरु सक्रिय हुँदै आएको हुँदा यसको समाधान राजनैतीक तहबाट नै हुनुपर्ने र संविधानले निर्दिष्ट गरेको आफ्नो जिम्मेवारी पूरा गर्न नेपाली सेना कदापी पछि नहट्ने कुरा उपस्थित रथीहरुलाई जानकारी गराएका थिए ।

सो कार्यक्रममा पूर्व प्रधान सेनापतिहरु तथा बहालवाला एवं पूर्व वरिष्ठ रथीहरुको उपस्थिति रहेको थियो ।

विशेष