News देश

झापामा करेन्ट लागेर एक जनाको मृत्यु

झापामा करेन्ट लागेर एक जनाको मृत्यु


असार ५ । करेन्ट लागेर झापाको वैगुनधुरामा आज बिहान एक जनाको मृत्यु भएको छ ।

मोटर जोडेको ट्युबेलमा पानी चलाउने क्रममा अचानक करेन्ट लाग्दा गौरादह नगरपालिका–९ का ५२ वर्षीय डाकुमसिंह गिरीको ज्यान गएको हो ।

करेन्ट लागेर ढलेका घाइते गिरीको उपचारका लागि दमकतर्फ ल्याउँदै गर्दा बाटोमा नै ज्यान गएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक राजन लिम्बूले बताउनुभयो ।

विशेष