विदेश मुख्य समाचार

लण्डनमा पैदलयात्रुमाथि फेरि अर्को हमला, कयौं घाइते

लण्डनमा पैदलयात्रुमाथि फेरि अर्को हमला, कयौं घाइते


असार ५ । लण्डनमा एउटा भ्यानले पैदलयात्रुको समूहलाई ठक्कर दिंदा कैयौँ मानिस घाइते भएका छन् । प्रहरीले फिन्सबरी पार्क जिल्लामा भएको उक्त घटनालाई गम्भीर दुर्घटना भनेको छ।

घटनामा एक जनालाई पक्राउ गरिएको छ । उक्त दुर्घटना एक मस्जिद नजिकै भएको थियो ।

उक्त क्षेत्रलाई घेराबन्दी गरिएको छ र अनुसन्धान अघि बढाइएको छ । घाइतेमध्ये धेरैजना रमजानको वर्त तोडी प्रार्थना सकेर फर्किरहेका मानिसहरु हुन सक्ने ठानिएको छ ।

त्यस क्षेत्रमा प्रहरीका कार, एम्बुलेन्स र दमकलहरु परिचालन गरिएका छन् ।

विशेष