News राजनीति मुख्य समाचार

आज पनि भरतपुरको निर्णय भएन, सर्वोच्चले यसो भन्यो

आज पनि भरतपुरको निर्णय भएन, सर्वोच्चले यसो भन्यो


असार ६ । सर्वोच्च अदालतले चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १९ मा च्यातिएको मतपत्र झिकाउन आदेश दिएको छ ।

कायममुकायम प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश हरिकृष्ण कार्कीको मंगलबारको इजलासले च्यातिएको मतपत्र यथाशीघ्र ल्याउन आदेश दिएको हो ।
मतगणना भइरहेका बेला माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेको भन्दै निर्वाचन आयोगले १९ नम्बर वडामा फेरि मतदान गर्ने निर्णय गरेको थियो । भरतपुर वडा नम्बर १९ का वडा सदस्यका उम्मेद्वार गुञ्जमान विक र अधिवक्ता तुलसीराम पाण्डेले निर्वाचन ऐनको दफा ५१ बमोजिम च्यातिएका मतपत्र बदर गरी बाँकी मतपत्रको गणना गर्न माग गर्दै रिट दायर गरेका थिए ।

रिटमा पुनस् मतदान गराउने निर्वाचन आयोगको निर्णय बदर गरी मतगणना कार्य पुनस्सञ्चालन गर्न, गराउन परमादेशको माग गरिएको छ । मतगणना अन्तिम चरणमा पुगेका बेला माओवादी केन्द्रका प्रतिनिधिले जेठ १४ गते मतपत्र च्यातेको आरोप छ । यसअघि, आयोगले मतगणनास्थल अनाधिकृत कब्जा भएको पुष्टि गर्दै स्थानीय तह निर्वाचन ऐन अनुसार पुनः मतदान गर्ने निर्णय गरेको थियो

 

विशेष