विदेश

इराकको मोसुलमा एक फ्रान्सेली पत्रकार मारिए, दुई घाइते

इराकको मोसुलमा एक फ्रान्सेली पत्रकार मारिए, दुई घाइते

 

असार - ६ । इराकको युद्धग्रस्त सहर मोसुलमा बारुदी सुरुङ्ग विस्फोटमा परी एक फ्रान्सेली पत्रकार मारिएका फ्रान्सेली टेलिभिजन च्यानलले मङ्गलबार जानकारी दिएको छ ।

इराकको दोस्रो ठूलो सहर मोसुलमा सोमाबार भएको यस विस्फोटमा परी स्टेफन भिल्लेनुउभे मारिनुको साथै अन्य दुई पत्रकार घाइते भएका छन् । फ्रेन्च टेलिभिजन च्यानल र ‘ग्लोबल जर्नालिस्ट राइट्स् बाचडग, रिपोर्टस् विदाउट बोर्डरस् का अनुसार स्टेफन मारिनुका साथै अरु दुई फ्रान्सेली पत्रकार घाइते भएका थिए ।

यसअघि सोही स्थानमा कुर्दिस समाचारदाता बखियार अदाद पनि मारिएका थिए । उपचारको क्रमका स्टेफनको मृत्यु भएको थियो । व्यवस्थापन र फ्रेन्च टेलिभिजनका सम्पूर्ण कर्मचारीको तर्फबाट स्टेफानका श्रीमती सोफिए र उनका चार छोराछोरीलाई समवेदना प्रकट गरेको छ । सो टेलिभिजनाको समाचार विभागका प्रमुखद्धारा प्रकाशित विज्ञप्तिमा उनीहरु सवैको तर्फबाट परिवारजनलाई हार्दिक समवेदना प्रकट गरेको छ ।

फ्रेन्च टेलिभिजनको भिडियो पत्रकार स्टेफनले विश्वभरी जारी द्वन्द्वलाई छायाङ्कन गर्दै आएका थिए । मोसुलमा जारी द्वन्द्वको विषयमा फ्रन्ेच टेलिभिजनको लागि उनीसँग भेरोनिकि रोबर्टले पनि सँगसँगै काम गर्दै आएका छन् । सो बम विस्फोटमा परी यी दुबै घाइते भएका र अमेरिकी सैनिक शिवीरको अस्पतालमा उनीहरुलाई सँगै उपचारको लागि लगिएको थियो ।

त्यसैगरी फ्रेन्च सञ्चार संगठनहरु र फ्रेन्च दैनिक ‘ला फिगारो’मा कार्यरत समाचारदाता सामुएल फोरे सो बारुदी सु्रुङ्ग आक्रमणमा परी सामान्य घाइते भएका छन् । उनले आफ्नो ट्वीटर एकाउन्टमार्फत आफ्ना सहकर्मी बखियारलाई लिएर आफू चिन्तित भएको र दुई दिनदेखि उनीसँग सम्पर्क नभएको बताएका थिए । एएफपी

Iraq Masul Journalist's Death

विशेष