News मुख्य समाचार

हनुमानढोका दरबार खतराको सूचीमा

हनुमानढोका दरबार खतराको सूचीमा

असार ६ । हनुमानढोका दरबार स्क्वायरलाई युनेस्कोले विश्व सम्पदाको सूचीबाट हटाएर खतराको सूचीमा राख्ने सम्भावना बढेको छ ।

पोल्याण्डमा हुने आगामी एक सय४१ औं महासभाले खतरामा राख्ने सम्भावना रहेको पुरातत्त्व विभागका अधिकारीहरूले बताएका छन्। भूकम्पका कारण हनुमानढोका दरबारका धेरै ऐतिहासिक दरबार र मठमन्दिरमा पूर्ण वा आंशिक क्षति पुगेको छ । तर, ती मठमन्दिर पुनर्निर्माणको गति सुस्त छ । विभागका महानिर्देशक भेषनारायण दाहाल यस्ता सम्पदा खतराको सूचीमा पर्नु राम्रो नभए पनि भत्किएका सम्पदाहरूलाई छिटो निर्माण गर्न नेपाल लगायत विश्वलाई नै दबाब सिर्जना गर्ने भएकाले नेपालका लागि सकारात्मक नै हुने बताउँछन् ।

‘समयमा बजेट निकासा नगरिदिने र आवको अन्तिममा रकम लिएर जा भनेर कहाँ कसरी खर्चनुरुु विभागका महानिर्देशक दाहाल भन्छन्, ुखर्च गर्न नसकेको भनेर आरोप मात्र खेप्नुपर्छ त्यसैले थुप्रै सम्पदा निर्माण बाँकी हुँदा हुँदै हामीले उक्त रकम लिन मानेनौं।’ वसन्तपुर क्षेत्रमा भूकम्पले क्षति पुराएका सम्पदा निर्माणका लागि विभिन्न मुलुकले जिम्मा लिएका छन् ।

त्यस क्षेत्रमा अमेरिकी राजदूत कोष ९एम्बेस्डर फण्ड०, चीन र जापानले विभिन्न मन्दिरको पुनर्निर्माणका लागि काम गरिरहेका छन्। भूकम्पका कारण क्षति भएका सम्पदा निर्माणमा गरिदिने इच्छा जर्मनी सरकारले व्यक्त गरे पनि कुन मन्दिर निर्माण गरिदिने भन्ने निर्णय भएको छैन। पुरातत्त्वविभागले जर्मनीलाई टेकु दोभानका भत्किएका सम्पदा निर्माण गरिदिन आग्रह गरे पनि उसको पहिलो चाहना भने भक्तपुरका सम्पदामा रहेको पुरातत्त्व विभागले जनाएको छ।

गोरखापत्र

विशेष