विदेश मुख्य समाचार

यी हुन् भारतका भावी राष्ट्रपति , यस्तो छ उनको बायोडाटा

यी हुन् भारतका भावी राष्ट्रपति , यस्तो छ उनको बायोडाटा


असार ५ । भारतको सत्तारुढ दल भारतीय जनता पार्टीले सवै भन्दा तल्लो जातको मानिने दलित समुदायको व्यक्तिलाई राष्ट्रपतिको उम्मेदबार बनाएको छ ।
पिछडिएको समुदायलाई अगाडी बढाउन भन्दै दलित समुदायका एक व्यक्तिलाई भाजपाले सोमबार राष्ट्रपति पदका लागि उम्मेदबारी दर्ता गर्न लगाएको जनाएको छ ।

मुलुकको सवैभन्दा माथिल्लो औपचारिक पदका लागि ७१ बर्षीय रामनाथ कोभिन्डले उम्मेदबारी दर्ता गराएका हुन् । राज्यको सवैभन्दा उच्च पदमा यसअघि एक जना मात्रै दलित पुगेका थिए ।

बर्तमान राष्ट्रपति प्रणव मुखर्जीको अर्को महिना कार्यकाल सकिने भएकाले भारतमा नयाँ राष्ट्रपतिको निर्वाचन हुन लागेको छ ।  राष्ट्रपति छनौट गर्न भारतमा केन्द्रीय र प्रदेश संसदका सांसदहरुले मतदान गर्ने व्यवस्था छ । सत्तारुढ दल भाजपाले आफ्ना उम्मेदवारलाई विजयी बनाउन सवैबाट आवश्यक सहयोग पाउने विश्वास लिएको छ ।

“रामनाथ केभिन्ड पहिले देखि नै संधै पिछडिएको समुदाय र दलित समुदायको उत्थानका लागि लडेका नेता हुन् । भाजपाका प्रमुख अमित शाहले पार्टीको तर्फबाट उम्मेदबारी घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा भने ।

“तल्लो जात मानिने दलित र अति गरिब समुदायमा जन्मिएको व्यक्ति  राष्ट्रपति पदका लागि सर्वसम्मत उम्मेदवार हुने भाजपालाई विश्वास छ,”
सामान्यतया मथिल्लो समुदायका हिन्दुहरुको समर्थन गर्ने मानिने भाजपाले तल्लो जातका भनिने मतदाताहरुलाई पनि समर्थनका लागि देशव्यापी आह्वान गरेको छ ।

कोभिन्ड दुई पटकसम्म सांसद भइसकेका छन् भने अहिले भारतको पूर्बी राज्य विहारमा गभर्नरको रुपमा कार्यरत छन् । उनले जीवनभरी हिन्दु राष्ट्रबादी पार्टी भाजपालाई समर्थन गरिरहेका छन् ।

विपक्षीहरुको नेतृत्व गरिरहेको काँग्रेस पार्टीले मङ्गलबार कोभिन्डलाई समर्थन गर्ने कि नगर्ने भन्ने विषयमा निर्णय गर्न उनलाई भेट्ने भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गर्दै “खास प्रकारको राष्ट्रपति” बनाउन आह्वान गरेका छन् । दलित, तल्लो जात, पिछडिएको र गरिव समुदायको आवाजलाई समर्थनको निरन्तरताका लागि पनि अनुरोध समेत गरेका छन् ।

यसअघि दलित समुदायको तर्फबाट पहिलो राष्ट्रपति भएका के आर नारायननले सन् १९९७ देखि २००२ सम्म मुलुकको सर्वश्रेष्ठ पदको जिम्मेबारी सम्हालेका छन् ।

विशेष