विदेश

मनिलामा आतंकारी हमला ३० को मृत्यु, ५४ घाइते

मनिलामा आतंकारी हमला ३० को मृत्यु, ५४ घाइते


जेठ १९ । फिलिपिन्सको राजधानी मनिलास्थित एक होटलमा बन्दुकधारीले अन्धाधुन्द गोली हानी ३० जनाभन्दा बढीको हत्या गरेको छ ।

होटलमा प्रवेश गरेका बन्दुकधारीले होटलको क्यासिनोमा रहेको टेलिभिजनमा गोली प्रहार गरी आगजनी गरेपछि निस्केको धुँवामा फसेर पनि कतिपयको मृत्यु भएको जनाइएको छ । घटनामा अन्य ५४ जना घाइते भएका छन् ।

ती बन्दुकधारीले होटलमै रहेको क्यासिनोबाट चिप्स चोर्ने प्रयास गरेका थिए । हत्यारा आफैंले आफूलाई गोली हानी आत्महत्या गरेको फिलिपिन्सका अधिकारीहरुले जनाएका छन् ।

घटना लगत्तै सो होटल र अपार्टमेन्ट खाली गराइएको छ । घटना इस्लामिक स्टेटले गराएको आशंका गरिएको छ  ।  

विशेष