News

सिराहामा आगलागी, रु एक लाखको क्षति

सिराहामा आगलागी, रु एक लाखको क्षति

 

असार ७ । सिरहाको लहान नगरपालिका–१ मा विद्युत् सर्ट भई आगलागी हुँदा करिब रु एक लाख मूल्य बराबरको क्षति भएको छ ।

स्थानीय जसिराम सदायको घरमा गएराति विद्युत् सर्ट भई आगलागी हुँदा एकतले घर, घरमा रहेको अन्नपात, भाँडावर्तन र लत्ताकपडासमेत जलेर नष्ट हुँदा सो परिमाण बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

अागलागी स्थानीयवासी र प्रहरीको संयुक्त प्रयासमा आगो नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय, लहानले जनाएको छ ।

 

aaglagi

विशेष