विदेश

साउदी राजाका छोरा युवराजाधिराज घोषित

साउदी राजाका छोरा युवराजाधिराज घोषित

 

असार - ७ । साउदी राजा सालमनले आफ्ना छोरा मोहमद बिन सालमनलाई साउदी अरेबियाको युवराजाधिराज घोषणा गरेका छन् ।

उनले यसअघि उनका भतिज मोहमद बिन नायफलाई युवराजाधिराज नियुक्त गरेका थिए । राजा सालमनले उनलाई बर्खास्त गरी आफ्ना छोरा मोहमद बिनलाई युवराजाधिराज बनाएको बताइएको छ ।

साउदी प्रेस एजेन्सीले बुधबार साउदी अरेबियाली राजदरबारबाट प्रकाशन गरेको सूचनालाई उद्धृतगर्दै दिएको समाचारमा सो विषय उल्लेख गरिएको छ । युवराजाधिराजका साथै उनीलाई साउदी अरेबियाको रक्षामन्त्रीमा पनि नियुक्त गरिएको सो सूचनामा जनाइएको छ ।

विशेष