विदेश

फिलिपिन्समा बन्दुकधारीद्वारा प्राथमिक विद्यालय कब्जागरी बालबालिका बन्धक

फिलिपिन्समा बन्दुकधारीद्वारा प्राथमिक विद्यालय कब्जागरी बालबालिका बन्धक

 

असार - ७ । फिलिपिन्सको एक विद्यालयका कैयौं विद्यार्थीलाई यहाँका हतियारधारीले बन्धक बनाएको खबर छ । सो जानकारी फिलिपिन्सको सेनाले बुधबार दिएको हो । बुधबार विद्यार्थीहरु विद्यालयमै रहेको मौकामा बन्दुकधारीले बन्धक बनाएको समाचारमा जनाइएको छ ।

फिलिपिन्सको सशस्त्र इस्लामिक समूहले एक प्राथमिक विद्यालयका साना नानीबाबुहरुलाई बन्धक बनाएको यहाँको सेनाले जनाएको हो ।

फिलिपिन्सको दक्षिणी भागमा अवस्थित एक ग्रामीण क्षेत्रको प्राथमिक विद्यालयलाई नै उनीहरुले नियन्त्रणमा लिएका छन् । विद्यालय बाहिर ठूलो सङ्ख्यामा हतियारधारीहरु रहेका बताइएको छ । बालबालिकालाई बन्धक बनाएको समाचार सेनाले दिएको छ । तर सो विद्यालयमा के कति विद्यार्थी छन् भन्ने बारेमा भने केही बताइएको छैन ।

यसअघि सयौँको सङ्ख्यामा आएका हतियारधारीले सो विद्यालयभन्दा केही पर रहेको एक सैनिक पोष्टमा हमला गरेका थिए । उनीहरुले त्यहाँ थुनामा रहेका केही व्यक्तिलाई निकालेर लगेका छन् ।

त्यसपछि उनीहरु सो विद्यालयमा हमला गर्न पुगेका थिए । यस विषयमा थप समाचार केही दिइएको छैन । विद्यार्थीलाई सकुशल रिहा गर्न सुरक्षाकर्मीले पहल थालेका बताइएको छ । बुधबार निकै लामो समयसम्म पनि उनीहरुलाई मुक्त गर्ने विषयमा सेनाले परामर्श गरिरहेको छ । तर पनि निष्कर्ष भने निस्किएको छैन । एएफपी

विशेष