विदेश

हेलिकोप्टर दुर्घटना १३ सैनिकको मृत्यु

हेलिकोप्टर दुर्घटना १३ सैनिकको मृत्यु


जेठ १९ । टर्कीको सिनाक प्रदेशमासेनाको हेलिकोप्टर दुर्घटना हुँदा १३ सैनिकको मृत्यु भएको छ । सिनाक प्रदेशको सेनोबा जिल्लाबाट १३ जना सैनिकलाई लिएर उडेको हेलिकोप्टर टर्की र इराकको सिमानामा दुर्घटनाग्रस्त भएको हो ।

हेलिकोप्टर केही समयमै ‘हाई भोल्टेज’का कारण दुर्घटना भएको सेनाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

टर्कीका रक्षामन्त्री फिक्री इसिक दुर्घटनाबारे जानकारी लिन घटनास्थल पुगेका थिए ।

दुर्घटनाको जानकारी लिन अनुसन्धान टोली घटनास्थल पुगेको सरकारले जनाएको छ । दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन सरकारले छानबिन समित गठन गरेको छ ।

विशेष