News

प्रहरी कानुनको आँखा पनि हो : प्रचण्ड

प्रहरी कानुनको आँखा पनि हो : प्रचण्ड

जेठ १९ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहिलो चरणको स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न नेपाल प्रहरीले खेलेको भूमिकाको प्रशंसा गर्दै दोस्रो चरण तथा प्रदेश र सङ्घका निर्वाचनमा समेत यस्तै भूमिका खेल्न निर्देशन दिएका छन् ।

प्रहरी निरीक्षक आधारभूत तालिम १६५औँ समूहको दीक्षान्त समारोहलाईसम्बोधन गर्दै प्रधानमन्त्रीले दीक्षित हुन लागेका अधिकृतहरुले पनि स्थानीय तहको दोस्रो चरणको निर्वाचन सम्पन्न गराउने चुनौतीपूर्ण अवसर प्राप्त गरेको बताए ।

उन्नाइस महिनाको निरन्तर तथा अथक प्रयास, दृढ समर्पण, लगन र मिहेनतपश्चात् प्रहरी निरीक्षक तालिम सफलतापूर्वक सम्पन्न गरेकामा दीक्षित भएकाहरुलाई प्रधानमन्त्रीले बधाई दिँदै कार्य क्षेत्र र व्यक्तिगत जीवनमा सदैव सफलताको शुभकामना दिए ।

समग्र राज्यको सुरक्षा र सञ्चालनमा आन्तरिक सुरक्षाको महत्वपूर्ण र गहन जिम्मेवारी सरकारले नेपाल प्रहरीलाई दिएको बताउँदै प्रधानमन्त्री प्रचण्डले प्रहरी कानुनको आँखा पनि हो, जसले सबै ठाउँमा निगरानी राख्छ ।

विशेष