News मुख्य समाचार

सिंहदरबार जोगाउन प्लाष्टिकको सहारा

सिंहदरबार जोगाउन प्लाष्टिकको सहारा

असार ७ ।भूकम्पको दुई वर्षपछिसिंहदरवारको मुख्य भवनको पश्चिमतर्फको मोहडा जोगाउन सिल्पोलिङ सिट विशेषखाले प्लाष्टिकले छोप्ने काम सुरु भएको छ।

भूकम्पका कारण क्षति पुगेको पश्चिमी मोहडालाई बाह्य क्षतिबाट जोगाउन राष्ट्रिय पुननिर्माण प्राधिकरणले सिल्पोलिङ सिटले छोपेको हो। एकसय वर्षभन्दा पुरानो सिंहदरबारलाई भत्काउने कि रेट्रोफिटिङ गर्ने भन्नेमा विवाद भइरहँदा प्राधिकरणले दोस्रो विकल्प नै रोजेको थियो। भूकम्पअघि प्रधानमन्त्री कार्यालय, राष्ट्रिय योजना आयोगलगायतका कार्यालय रहेको सो पुरातात्विक भवन राणा प्रधानमन्त्री चन्द्रशमशेर राणाको पालामा बनेको थियो।

बर्खा सुरु भइसकेकाले तत्कालका लागि पानीबाट जोगाउन सिंहदरबारलाई पश्चिम मोहडातर्फको ३३ हजार एक सय फिट क्षेत्रफल सिल्पोेलिङ सिट राख्ने काम गरिने प्राधिकरणले जनाएको छ। स्क्याप फोल्डिङका लागि पनि टेण्डर प्रक्रिया गरी गुणस्तर परीक्षणका लागि पठाइएको र क्षतिग्रस्त भागलाई पूर्ण रूपमा ढाक्न एकसाता लाग्ने प्राधिकरणका सहसचिव प्रकाश थापाले जानकारी दिए। उनका अनुसार स्क्याप फोल्डिङका लागि म्याप इन्टरप्रेनर कम्पनीलाई ४१ लाख रुपैयाँमा ठेक्का दिइएको छ।

कारोबार

विशेष