News मुख्य समाचार

अब काठमाडौंबाट चार घण्टामै केरुङ

अब काठमाडौंबाट चार घण्टामै केरुङ

असार ७ । काठमाडौंलाई चीनसँग जोड्ने दुई देशको उच्च रणनीतिक महत्ववको सबैभन्दा छोटो सडक असारभित्रै खुल्ने भएको छ।

मैलुङदेखि स्याफ्रुबेसीसम्मको १६ किलोमिटर ट्र्याक खोल्ने जिम्मेवारी पाएको नेपाली सेनाले ७ किलोमिटर डबल लेन, ८ किलोमिटर सिंगल लेन खोलिसकेको छ भने १ किलोमिटर खोल्न बाँकी छ। यसपछि गल्छी–वेत्रावती–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी जोड्ने उक्त सडक हुँदै राजधानी काठमाडौंबाट चीनको केरुङ करिब ४ घण्टामै पुगिनेछ । चीन सरकारले सन् २०२० सम्ममा सिगात्सेबाट केरुङसम्म रेल ल्याउने गरी तयारी गरेको छ ।

उक्त सडकखण्ड ट्र्याक खोल्ने जिम्मेवारी पाएका मेजर सञ्जय केसीले मैलुङबाट स्याफ्रुबेसीसम्मको सडकखण्ड जोड्न अब एक किलोमिटर मात्र बाँकी रहेको र उक्त काम असारभित्रै सम्पन्न गर्ने जानकारी दिए ।

निर्माणाधीन सडक पासाङल्यामु राजमार्ग वेत्रावती–धुन्चे–स्याफ्रुबेसीको वैकल्पिक मार्ग हो। नयाँ सडक बनेपछि उत्तर ९चीनको केरुङ०दक्षिण ९भारतको ठोरी० जोडिनेछ जुन त्रिदेशीय सडक जोड्ने सबैभन्दा छोटो सडक हुनेछ । उक्त खण्ड एउटा पनि घुम्ती सडक नहुनेगरी बनाइएको छ । केसीले भने, ‘निर्माणाधीन सडक डेडिकेटेड डबल लेनुको अर्थात् ९ मिटर चौडाइको हुनेछ । विगतजस्तो विस्फोटक पदार्थ र इन्धन अभाव नभएकाले अब काम समयमै सकिनेछ । नेपाली सेनाको विकास निर्माण निर्देशनालयका प्रमुख उद्धव बिष्टले सबै सडक डबल लेन निर्माणको काम सकेर कात्तिकभित्रै सडक विभागलाई हस्तान्तरण गर्ने जानकारी दिए।

सडक हस्तान्तरण गरेपछि विभागले कालोपत्रेको काम अघि बढाउनेछ। विभागबाट उक्त खण्डका प्रमुख प्रकाश भण्डारीले मुआब्जाको काम भइरहेको र सेनाबाट हस्तान्तरण हुनासाथ कालोपत्रेका लागि प्रक्रिया अघि बढाउने जानकारी दिए। वैकल्पिक उक्त मार्ग निर्माण सम्पन्न भएपछि गल्छीदेखि नाका रहेको स्थान रसुवागढीको लम्बाई ८४ किलोमिटर हुनेछ। स्थलगत निरीक्षणका लागि पुगेको संसद्को विकास समितिका सभापति रवीन्द्र अधिकारीले मैलुङ स्याफ्रुबेसी सडकले उत्तर९दक्षिण जोडेपछि उक्त सडक ‘लाइफ लाइनु हुने भन्दै सडकले त्रिदेशीय भूमिका खेल्ने बताए।

अन्नपूर्ण

विशेष