विदेश मुख्य समाचार

पाकिस्तानले अफगानिस्तानको सीमामा पर्खाल लगाउने

पाकिस्तानले अफगानिस्तानको सीमामा पर्खाल लगाउने


असार ७ । पाकिस्तानी सेनाले सुरक्षाको समस्या देखाउँदै अफगानिस्तानसँगको सीमा क्षेत्रमा प्रवेशमा आवत–जावतलाई सुरक्षित पार्ने अभियानस्वरुप सीमा क्षेत्रलाई स्पस्ट छुट्याउने गरी छिट्टै बार लगाउने बताएको छ ।

मंगलबार सेनाद्वारा जारी विज्ञप्तिमा सीमा क्षेत्रलाई घेर्नेक्रममा पहिलो चरणअन्तर्गत् बाजुर, मोहमन्द र खाइबर क्षेत्रमा बार लगाइने बताइएको छ । उक्त क्षेत्रबाट पाकिस्तान प्रवेश गरी पाकिस्तानमा सुरक्षा समस्या हुने गरेको इस्लामावादको ठम्याइ छ ।

सेनाले नयाँ किल्ला र सीमास्तम्भ सुरक्षा निगरानी र रक्षात्मक शक्तिलाई सुदृढ गर्न सारिएको योजना भएको बताएको छ । सुरक्षित सीमा दुबै देशको हित र सुरक्षा संयन्त्रको राम्रो सहकार्यका लागि आवश्यक भन्दै यो दुबै देशको शान्ति र स्थायित्वका लागि भएको बताएको छ ।

दुई देशलाई दुई हजार ४०० ‘ड्युरान्ड लाइन’ले बेलायती शासकद्वारा सन् १८९६ मा विभाजित गरिएको थियो । काबुलले यसलाई आधिकारिकरुपमा अन्तर्राष्ट्रिय सिमानाकारुपमा स्वीकार गरेको छैन ।

विशेष