News

डडेलधुरा कांग्रेसमा योग्यलाई टिकट माग्दै अनसन बसेका व्यक्ति अस्पताल भर्ना

डडेलधुरा कांग्रेसमा योग्यलाई टिकट माग्दै अनसन बसेका व्यक्ति अस्पताल भर्ना

जेठ १९ । नेपाली काँग्रेसले न्यायोचित रुपमा स्थानीय तह निर्वाचनमा टिकट वितरण गर्नुपर्ने माग राख्दै आमरण अनसनमा बसेका तिलक हमाल अस्पताल भर्ना भएका छन् ।

पुराना र योग्य र जनमत भएका व्यक्तिलाई टिकट दिइनुपर्ने माग राख्दै मंगलबार बिहान १० बजेदेखि आमरण अनसनमा बसेका हमाललाई स्वास्थ्य अवस्था कमजोर भएपछि उपक्षेत्रीय अस्पताल डडेल्धुरामा पु¥याइएको काँग्रेस डडेल्धुराका कार्यालय सचिव राम विष्टले जानकारी गराए। आज बिहानदेखि बोल्न पनि नसक्ने अवस्थामा पुगेपछि हमाललाई अस्पताल लगिएको हो ।

काँग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा स्थानीय तहको निर्वाचनका लागि टिकट वितरण प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै काँग्रेस पार्टी कार्यालय डडेल्धुरामा गन्यापधुरा गाउँपालिकाका हमाल चार दिनदेखि आमरण अनसनमा बसेका हुन् ।

कृष्णप्रसाद भट्टराई स्मृति प्रतिष्ठान डडेल्धुरामा रहेको काँग्रेसको पार्टी कार्यालयको मुख्य ढोकामा नै हमाल आमरण अनसनमा बसेका हुन् । अनसनकारी हमालले आज बेलुका नै आमरण अनसन छाड्ने जानकारीसमेत गराएका छन् । नेतृत्वबाट माग पूरा हुने जनाएपछि उनले अनसन तोड्ने भएका छन् ।

Krishna Prasad Bhattarai

विशेष