आन्तरिक राजश्व विभागका महानिर्देशक शर्मा पक्राउ
जेठ १९ अस्वभाविक रुपमा कर मिनाहा गरेर राज्यलाई अर्बौं रुपैयाँ घाटा पारेको आरोपमा अन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मालाई अख्तियार दुरुपयोग अनुसन्धानले नियन्त्रणमा लिएको छ ।
लुम्धध्वज महतको अध्यक्षतमा बनेको कर फर्स्यौट आयोगले शर्माकै मिलेमोतोमा अस्वभाविक रुपमा अर्बौं रुपैया कर मिनाहा गरेको र राज्यलाई घाटा पारेको प्रतिवेदन तयार गरेको थियो ।
सोही प्रतिवेदनका आधारमा शर्मालाई बयानकालागि अख्तियार लगिएको हो । शर्माका बिरुद्ध अख्तियारमा अरुपनि परेको थियो ।