विदेश

म्यानमारका विद्रोहीविरुद्धको कारबाही क्रुर र अमानवीय भएको आरोप सरकारद्वारा त्यसको खण्डन

म्यानमारका विद्रोहीविरुद्धको कारबाही क्रुर र अमानवीय भएको आरोप सरकारद्वारा त्यसको खण्डन

 

असार - ८ । म्यानमारका बिगत लामो समयदेखि हिंसात्मक आक्रमणहरु जारी राखेको यहाँको मुस्लिम जाती रोहिङ्गा विद्रोहीबिरुद्ध यहाँको सरकारले कारबाहीलाई निकै कडा पारेको छ ।

सो कारबाहीका क्रममा कैयौँ नागरिक बङ्गलादेशतर्फ भागेका छन् । म्यानमारको प्रहरीले पछिल्लो समयमा उनीहरुबिरुद्धको कारबाहीलाई निकै कडा बनाएको छ ।

गएको अक्टोबर महिनादेखि सो कारबाही सुरु गरिएको छ । आक्रामक कारबाहीका क्रममा केही मारिएका, कोहीले आत्मसमर्पण गरेका छन् भने ठूलो सङ्ख्याका विद्रोहीहरु भागेर छिमेकी बङ्गलादेशतर्फ पनि लागेका छन् ।

यहाँको प्रहरीले दिएको जानकारीअनुसार सो कारबाहीका कारण गत अक्टोबर महिनादेखि यता करिब ७० हजार व्यक्ति देशबाहिर भागेका छन् । ती मध्ये प्राय सबैजसो भागेर बङ्गलादेशतर्फ पुगेका छन् ।

यसरी गरिएको कारबाही मानवताविरुद्धको अपराध सरह भएको भागेका नागरिकले दिएको बयानमा आधारित रहेको संयुक्त राष्ट्रसंघीय अनुसन्धाकर्ताले जनाएका छन् ।

क्रुर रुपमा प्रहरीले आक्रमण गर्ने गरेको, यी हतियारधारीहरुका शिवीरमा हमला गरी जिउँदै जलाउने गरेको, विद्रोहीका शिवीरमा प्रहरी गई हत्या र बलात्कार गर्ने गरेकोे उनीहरुको आरोप छ ।

म्यानमारको उत्तरी राखिन राज्यमा रोहिङ्गाहरुको बस्ती रहेको छ । ती क्षेत्रका अल्पसङ्ख्यक मुस्लिमहरुले आफ्नो हक अधिकारको लागि भन्दै यस्तो सशस्त्र विद्रोह गर्ने गरेका छन् । यस विद्रोहमा परी अरु पनि कैयौँ नागरिक मारिएका छन् ।

यसअघि उनीहरुले पनि म्यानमारका प्रहरी र सरकारी अधिकारीमाथि नै आक्रमण गर्ने गरेका थिए । जसका कारण यहाँ हजारौँ नागरिकको ज्यान गइसकेको छ ।

पछिल्लो समयमा गत अक्टोबरयता म्यानमारको प्रहरीले राज्यद्वारा आतङ्ककारी घोषित ती अल्पसङ्ख्यकहरुका शिवीर नष्ट गर्ने र कारबाही गर्ने गरेको छ ।

यसैक्रममा बिहीबार पनि यहाँको प्रहरीले एक म्यानमारको उत्तरी भूभाग राखिनमा आतङ्ककारी तालिम केन्द्र सञ्चालन गरेको भन्दै सो तालिम केन्द्रमा नै प्रहरीले धावा बोलेको थियो ।

त्यसमा परी तीन जनाको ज्यान गएको छ । उक्त तालिम केन्द्रमा उनीहरुले सयौँ हतियारधारीलाई राखेको प्रहरीले जनाएको छ ।

सो शिवीरमा प्रहरीले बिहीबार बिहान कारबाही गरेको थियो । प्रहरीको हमलामा परी तीनजना मारिएका बताएको छ । बाँकी हतियारधारी भाग्न सफल भएको प्रहरीको भनाई छ ।

कारबाहीका क्रममा प्रहरी र सेनाले यस्तो ज्यादति गरेको भनी लगाइएको आरोपको सरकारले खण्डन गरेको छ । प्रहरीले वैधानिक रुपमा नै ती विद्रोहीका विरुद्धमा कानुनबमोजिम कारबाही गरेको सरकारले जनाएको छ ।

म्यानमारमा पछिल्लो समयमा ती विद्रोहीसँगको वार्ताका लागि भन्दै युद्धविराम भएको थियो । म्यानमारका विदेशमन्त्री एवम् राज्य सल्लाहकार आङ सान सुकीले सो वार्ताका लागि सरकारी तर्फको वार्ताटोलीको नेतृत्व गरे थिए।

पछिल्लो समयमा वार्ताको सफलताका लागि पहल र प्रगति भइरहेको समाचार आइरहेका बेला प्रहरीले गरेको भनिएको यस्तो कारबाहीको कुरा बाहिर आएको छ । एएफपी

विशेष