News

अमेरिकन दूतावासको फोरा दरबारभित्र चालक मृत अवस्थामा

अमेरिकन दूतावासको फोरा दरबारभित्र चालक मृत अवस्थामा

असार – ८ । काठमाडौँको दरबारमार्गमा रहेको नेपालका लागि अमेरिकन दूतावासको फोरा दरबारभित्र एक व्यक्ति मृत अवस्थामा भेटिएका छन् । अमेरिकन दूतावास सवारी चालक श्रवण महर्जन मृत अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ ।

महर्जन लडिरहेको अवस्थामा भेटिएपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पतालमा लगिएको थियो । अस्पताल पुर्याउनु पूर्व नै उनको मृत्यु भएको बताइएको छ । उनको विष पिएर मृत्यु भएको हुनसक्ने डाक्टरहरुले बताएका छन् ।

महर्जनको पोष्टमार्टन गर्न अहिले उनको शव महाराजगञ्ज शिक्षण अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ । घटनाबारे अनुसन्धान सुर भइसकेको दरबारमार्ग प्रहरी बिटले जनाएको छ ।

विशेष