विदेश

अन्त्येष्टि कार्यक्रममा भएको गोली प्रहार, एकको मृत्यु, दर्जनाैँ घाइते

अन्त्येष्टि कार्यक्रममा भएको गोली प्रहार, एकको मृत्यु, दर्जनाैँ घाइते

 

असार - ८ । भारत अधिनस्थ काश्मिरमा एक अन्त्येष्टि कार्यक्रममा जम्मा भएका सर्वसाधारणको माझ प्रहरीले गर्नुपरेको गोली प्रहारबाट एक सर्वसाधारणको मृत्यु हुनुको साथै अन्य दर्जनौ घाइते भएका छन् ।

सो अन्त्येष्टि सैनिकसँग रातभरी गरेको भिडन्तमा मारिएका तीन विद्रोहीको थियो । सो अन्त्येटिमा हजारौको सङ्ख्यामा गाउँलेहरु जम्मा भएका र भारतीय शासकको विरोधका नारावाजी गरेका थिए ।

त्यस क्षेत्रका प्रहरी निर्देशकले प्रहरी र प्रदर्शनकारीबीच भएको दोहोरो गोली हानाहानमा एक प्रदर्शनकारीको मृत्यु भएको पुष्टि गरे । प्रहरीतर्फबाट आक्रोसित भिडलाई तितर बितर पार्नको गरिएको गोली प्रहारमा परी दर्जनौ व्यक्ति लागि घाइते भएका अर्का एक प्रहरी अधिकारीले नाम नबताउने शर्तमा बताएका छन् ।

सयौँ स्थानीय वासिन्दाले आफ्नो घरबाट सैनिकमाथि ढुङ्गा प्रहार गरेपछि त्यहाँबाट आतङ्ककारी भाग्न सजिलो भएको एक प्रहरी अधिकारीले जानकारी दिएका छन् ।

हातहतियार खोजी कार्यको क्रममा ती आतङ्ककारी मारिएका सैनिक प्रवक्ता कर्नेल राजेश कालियाले बिहीबार बिहान सवेरै बताएका छन् । भारत अधिनस्थ प्रमुख सहर श्रीनगरबाट करिब ३० किलोमिटर दक्षिणमा पर्ने काकापोरामा लुकेर बसेका आतङ्ककारी आश्रयस्थलमा हाततियार खोजी कार्य भएको जनाइएको छ ।

सन् १९४७ मा बेलायतको उपनिवेशबाट छुट्टिएर दुई भागमा विभाजन भएका भारत पाकिस्तान दुबैले काश्मिर क्षेत्रलाई आफ्नो भनि दावी गदै आएको छ । 

विशेष