News

जोरपार्टीमा अनियन्त्रित माइक्रोबसको ठक्करबाट १ पैदल यात्रुको मृत्यु, २ घाइते

जोरपार्टीमा अनियन्त्रित माइक्रोबसको ठक्करबाट १ पैदल यात्रुको मृत्यु, २ घाइते

असार – ८ । अनियन्त्रित माइक्रोबसले पैदल यात्रुलाई ठक्कर दिँदा एकको मृत्यु भएको छ भने अन्य दुई घाइते भएका छन् । राजधानीको जोरपाटीमा अनियन्त्रत अवस्थामा रहेको बा १ ज ९८०९ नम्बरको माइक्रोबसले मोटर साइसकलका साथै पैदल यात्रुलाई ठक्कर दिएको हो ।

सुरुमा माइक्रोबसले मोटर साईकललाई ठक्कर दिएको र त्यसपछि पैदल यात्रीलाई ठक्कर दिएको बताइएको छ । माइक्रोको ठक्करबाट २७ वर्षीय भारतको श्रीपुरका रुपलाल साहको मृत्यु भएको हो । उनको उपचारका क्रममा मृत्यु भएको हो । उनी जोरपाटी क्षेत्रमा साइकलमा फलफूल बेच्दै आइरहेको थिए ।

भारत श्रीपुरकै प्रदीपकुमार साह घाइते भएका गम्भीर अवस्थामा जोरपार्टी अस्पतालमा उपचार भइरहेको छ छन अर्का घाइते चीनमाया बुढागोकीको शंकरापुर अस्पतालमा उपचार भएरहेको छ ।

उक्त माइक्रोलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले ब्रेक नलाग्ने माइक्रोबस तीव्र गतिमा आएका कारण दुर्घटनामा परेको बताएको छ । माइक्रोका चालक फरार रहेको पनि प्रहरीले जनाएको छ ।

विशेष