News विदेश मुख्य समाचार

कस्मिरपछि इन्टरनेट सेवा प्रतिबन्ध लगाईएको दार्जिलिङ दोस्रो

कस्मिरपछि इन्टरनेट सेवा प्रतिबन्ध लगाईएको दार्जिलिङ दोस्रो

असार ८ । दार्जिलिङमा गोर्खाल्याण्ड आन्दोलन चर्कंदै गएपछि वंगाल सरकारले यो क्षेत्रमा इन्टरनेट सेवामा प्रतिवन्ध लगाएको छ ।

उसले टीभी च्यानलहरुको प्रशारणमा पनि रोक लगाएको हो । भारतका इन्टरनेट सेवा प्रतिबन्ध लगाइएको कस्मिरपछि दार्जिलिङ दोस्रो स्थान बनेको छ ।

वंगाल सरकारले तीन दिन अघि नै इन्टरनेट सेवामा प्रतिवन्ध लगाएको थियो । मंगलवार प्रतिवन्ध थप लम्व्याएको छ । दार्जिलिङका जिल्लापालले मंगलवार विज्ञप्ति जारी गरेर आगामी २७ जुनसम्म सेवा प्रतिवन्ध लगाइएको जनाएका छन् ।

इन्टरनेट सेवा प्रतिवन्ध लगाएपछि पत्रकार तथा वुद्धिजीवी अगुवाले दार्जिलिङलाई कस्मिर बनाइएको प्रतिक्रिया दिएका छन् । सिलिगुडीका कवि राजा पुनियानीले भने, ‘भारतको कस्मिरपछि दार्जिलिङ दोस्रो इन्टरनेट सेवा प्रतिवन्ध क्षेत्र हो ।’ इन्टरनेट प्रतिवन्धपछि त्यहााँके जनजीवन प्रभावित भएको छ ।

पत्रकार मनोज वोगटीले इन्टरनेट सेवाको प्रतिवन्ध लगाएर भारतले विश्वकै ठूलो गणतान्त्रिक मुलुक खिल्ली उडाएको बताए ।

द इण्डियन टेलिग्राफ एक्ट, १८८५ को आधारमा ‘आपराधिक क्रियाकलापलाई निरुत्साहित गर्ने वहानामा इन्टरनेट सेवा प्रतिवन्ध लगाइएको जनाएको छ । दार्जिलिङ, खरसाङ र मिरिक क्षेत्रभरि मात्रै प्रतिवन्ध लगाइएको प्रशासनले जनाएपनि कालिम्पोङमा समेत इन्टरनेट समेत नभएको पत्रका वोगटीले जनाए । ‘इन्टरनेट नहुँदा समाचार सम्प्रेषणलगायतका कामहरु पूर्ण रुपमा प्रभावित भएका छन् ।’

कान्तिपुर

विशेष