विदेश मुख्य समाचार

रुसी लडाकु विमान र अमेरिकी विमानबीच आकाश मै तनाव

रुसी लडाकु विमान र अमेरिकी विमानबीच आकाश मै तनाव


असार ८ । अमेरिकी अधिकारीहरुका अनुसार रुसी लडाकु विमानले बाल्टिक क्षेत्रमा अमेरिकी जासुस विमानको निकै नजिकबाट उडान भरेको छ ।
रुसी लडाकु विमान अमेरिकी विमान ‘आरसी–१३५’ बाट पाँच फिटको दुरीमा उडेको थियो ।

 

आकाशमा यसरी विमानहरु नजिक आउनु निकै खतरनाक मानिन्छ । रुसले भने अमेरिकी विमानले भड्काउपूर्ण गतिविधि गरेका कारण रुसी लडाकु विमानले उसलाई लखेटेको जनाएको छ ।

यसैबीच रुसका रक्षामन्त्री सवार एउटा विमान नजिकै नेटो गठबन्धनको लडाकु विमान आएको थियो । समाचार एजेन्सीका अनुसार अमेरिकी एफ–१६ लडाकु विमानलाई रुसी एसयु–२७ लडाकु विमानले लखेटेको थियो ।

रुसी विदेशमन्त्री सवार विमान अन्तर्राष्ट्रिय मार्गमा उडान भरिरहेको समयमा अमेरिकी लडाकु विमानले नजिकैबाट उडान भरेको थियो । अमेरिकी लडाकु विमानलाई रुसी लडाकु विमानले लखेटेको बताइए पनि यसबारे विस्तृत विवरण खुलाइएको छैन ।

अमेरिकी नेतृत्वको गठबन्धनले सिरियाली लडाकु विमान र ड्रोनलाई पछिल्लो समयमा खसालेपछि रुस र अमेरिकाबीच तनाव बढेको हो

 

विशेष