विदेश

मेक्सिको सीमामा पर्खाल बनाएरै छोड्छौँ– राष्ट्रपति ट्रम्प

मेक्सिको सीमामा पर्खाल बनाएरै छोड्छौँ– राष्ट्रपति ट्रम्प

 

असार  ९ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोलाई संसारको हिंसाजन्य देशमध्येको दोस्रो ठूलोको संज्ञा दिएका छन् । उनले शुक्रबार आफ्नो ट्वीटर एकाउन्टमा भनेका छन्– 'मेक्सिको सिरियापछिको दोस्रो ठूलो हिंसाजन्य देश हो । यहाँ बर्षेनी हजारौँ नागरिक मारिन्छन् ।' 

मेक्सिकोमा लागू औषधका कारण वर्षेनी त्यतिधेरै सङ्ख्यामा नागरिकको ज्यान जाने गरेको भन्दै उनले अमेरिकाले त्यसैले पनि मेक्सिकोको सीमानामा पर्खाल निर्माण गर्ने बताएको सो ट्वीटरमा व्यक्त गरेका छन् । उनले भने– हामीले पर्खाल लाउँछौँ, कुनै पनि हालतामा हामीले सीमामा पर्खाल ठडाउँछौँ ।

हालै लन्डनबाट सम्प्रेसित एक रिपोर्टमा मेक्सिको सिरियापछिको सबैभन्दा धेरै मानिस मारिने देशका रुपमा सन् २०१६ मा आएको जनाइएको थियो । राष्ट्रपति ट्रम्पले त्यसैका आधारमा सो ट्वीट गरेको बताइएको छ । यस भनाईपछि मेक्सिकोको भने कुनै प्रतिक्रिया आएको छैन । एएफपी

विशेष