विदेश

इजिप्टका राष्ट्रपतिद्वारा ५०२ कैदीको कैद माफ

इजिप्टका राष्ट्रपतिद्वारा ५०२ कैदीको कैद माफ

 

कायरो, ९ असार । इजिप्टका राष्ट्रपति अब्देल फताह अल सीसीले जेलमा रहेका ५०२ जनालाई शुक्रबार माफीको घोषणा गरेका छन् । माफी पाउनेहरुमा विभिन्न आन्दोलनमा सम्लग्न भएको र कानुनको उल्ङ्घन गरेको अभियोग लागेकाहरु रहेको आधिकारिक समाचार संस्था मेनाले जनाएको छ ।

राष्ट्रपति सीसीले हालै भएको राष्ट्रिय युवा सम्मेलनमा आन्दोलन र सरकार विरोधी गतिविधिमा संलग्न भएको अभियोग लागेका युवा कैदीहरुको बारेमा अध्ययन गर्न एउटा युवा समिति बनाउन निर्देशन दिएका थिए।

उनीहरु मध्ये २५ जना मात्रै महिना छन् भने युवाहरुको संख्या धेरै ठुलो रहेको मेनाले जनाएको छ । इजिप्टको संविधानको धारा १५५ मा मन्त्री परिषद्को परामर्शमा राष्ट्रपतिले कैदीहरुलाई माफी दिन पाउने व्यवस्था रहेको छ ।

गत मार्चमा पनि अधिकांश युवा सहित २०३ जनालाई राष्ट्रपतिद्वारा माफी दिएका थिए । सामान्यतया धार्मिक चाडपर्वहरुको अवसरमा यसरी माफी दिने प्रचलन इजिप्टमा रहेको छ । माफी दिँदा आधा भन्दा बढी कैद भुक्तानी गरेका कैदीहरुलाई मात्रै दिने व्यवस्था रहेको छ ।

विशेष