News

मोबाइल खरिद गर्ने कामपाको निर्णयविरुद्ध क्रान्तिकारीको प्रदर्शन, चाैतर्फी अालोचनापछि शाक्य पछि हटे

मोबाइल खरिद गर्ने कामपाको निर्णयविरुद्ध क्रान्तिकारीको प्रदर्शन, चाैतर्फी अालोचनापछि शाक्य पछि हटे

 

असार - ९ । काठमाडौँ महानगरपालिकाका प्रमुख, उपप्रमुख तथा वडाध्यक्ष र सदस्यका लागि मोबाइल फोन खरिद गर्ने निर्णय गलत भएको भन्दै नेकपा(माओवादी केन्द्र) निकटको अखिल(क्रान्तिकारी)ले विरोध गरेको छ ।

महानगरका प्रमुख विद्यासुन्दर शाक्यले महानगरका जनप्रतिनिधिलाई सहज सञ्चार सुविधा उपलब्ध गराउने भन्दै मङ्गलबार ३५ लाख बराबरको मोबाइललगायत भौतिक सेवासुविधा लिने निर्णय गरेका थिए । शाक्यले चाैतर्फी अालोचनापछि काठमाडाैँ महानगरपालिकाका सदस्यलार्इ मोबाइल बाँड्ने निर्णय तत्तकाल कार्यन्वन नगरेको भएका छन्। शुक्रबार साँझ बसेको बैठकले सो निर्णय गरेको हो । 

महानगरपालिकाको निर्णयप्रति क्रान्तिकारीले राज्य कोषबाट रकम लिएर आफूखुसी सेवा सुविधा बढाउने कार्य नसुहाउँदो भएको भन्दै विरोधस्वरुप प्रमुख र उपप्रमुखका लागि मोबाइल खरिदका लागि भन्दै ‘एक रूपैयाँ चन्दा अभियान’ समेत सुरु गरेको थियो । नयाँ बानेश्वरमा शुक्रबार साँझ आयोजित विरोधसभामा क्रान्तिकारीका उपाध्यक्ष अनिल शर्माले जनप्रतिनिधिका नाममा जनताको करबाट उठेको रकम बाँड्ने महानगरका प्रमुख र उपप्रमुखलगायतको निर्णयले लोकतन्त्रको खिल्ली उडाएको बताएका थिए ।

यस्तै क्रान्तिकारीको क्याम्पस जिल्ला समिति काठमाडौँले पनि आज प्रमुख र उपप्रमुखले आफ्नै सेवासुविधा बढाउन खोज्नु गलत भएको भन्दै क्याम्पस अगाडि प्रदर्शन गरेको थियो । 

विशेष