News अपराध सुरक्षा मुख्य समाचार

ब्युटिसियन युवतीलाई अपहरण गरी सामूहिक बलात्कार

ब्युटिसियन युवतीलाई अपहरण गरी सामूहिक बलात्कार

असार ९ । एक ब्युटिसियन युवतीलाई सामुहिक बालात्कार गरेको आरोपमा पक्राउ परेका चारजनालाई जिल्ला प्रहरी कार्यालय महोत्तरीले घटनाको १२ दिनपछि बिहीबार सार्वजनिक गरेको छ ।

बजारबाट साइकलमा घर फर्किदै गरेकी २१ बर्षीया युवतीलाई जेठ २८ गते आइतबार साँझ आँपबारी नजिकैको सामूहिक बलात्कार गरेको आरोपमा पक्राउ परेका औरहीका चार युवालाई प्रहरीले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।

औरही गाउँपालिका–२ का २० बर्षीय अनिकेत यादव, सुरेश यादव, २१ वर्षीय रमेश पंजियार, २२ वर्षीय सुनिल साहलाई सार्वजनिक गरिको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी राजकुमार लम्सालले बताए ।

अन्नपूर्ण पोस्ट

विशेष