News मुख्य समाचार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज आधा घन्टा बन्द हुने, यस्तो छ कारण

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज आधा घन्टा बन्द हुने, यस्तो छ कारण

असार ९ । हवाई सुरक्षा अभ्यासका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शुक्रबार आधा घन्टा बन्द हुने भएको छ ।

विमानस्थलले हवाई संयन्त्रलाई चुस्त–दुरुस्त बनाउन आपत्कालीन योजना र यन्त्र उपकरणबारे विमानस्थलमा पूर्वाभ्यास गर्ने भएकाले अन्तर्राष्ट्रिय विमानस्थल अपराह्न ४ः३० देखि ५ः०० बजेसम्म आधा घन्टा बन्द हुनेछ ।

सो अवधिमा आन्तरिक तथा अन्तर्राष्ट्रियका सबै उडान-अवतरण ठप्प हुने भएको छ ।

हवाई दुर्घटनाबारे आपत्कालीन योजना र यन्त्र उपकरणबारे सम्बन्धित निकायलाई अभिमुखीकरण गराउन पूर्वाभ्यास गर्न लागिएको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए ।

उनकाअनुसार अन्तर्राष्ट्रिय नागरिक उड्यनन संस्था ९आइकाओ०को नियमानुसार अन्तर्राष्ट्रिय मान्यताप्राप्त विमानस्थलले प्रत्येक दुई वर्षमा ‘फुल स्केल इमर्जेन्सी एक्सरसाइज’ गर्नुपर्ने भएकाले विमानस्थल बन्द गर्न लागिएको हो ।

फरक–फरक ठाउँमा यस्तो अभ्यास गरिँदै आएको र अघिल्लोपटक वि।सं। २०७१ मा भक्तपुरको साँघा केन्द्रमा गरिएको विमानस्थलले जनाएको छ ।

विमानस्थलले शुक्रबारको तयारीका लागि बिहीबार अपराह्न १५ मिनेट पूूर्वाभ्यास गरेको थियो ।

विमानस्थलभित्र कार्यरत् नेपाली, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, ‘क्विक रेस्पन्स एन्ड फायर फाइटिङ सर्भिस’ र ‘मेडिकल टिम’को समन्वयमा सो अभ्यास गरिएको प्रवक्ता ठाकुरले बताए ।

विमानस्थलनजिक बाँसको विमान बनाइएको छ । त्यसमा विमान दुर्घटना र त्यसपछि हुने उद्धारको अभ्यास गरिनेछ । अभ्यासकाक्रममा विमानस्थलले यसपटक जहाज दुर्घटनाका एक घाइते यात्रीलाई हेलिकोप्टरमार्फत् ग्रान्डी अस्पतालसम्म पुर्‍याइने योजना राखेको छ ।

विशेष