विदेश

कोलोम्बिायामा खानी विस्फोट, २ को मृत्यु, ११ बेपत्ता

कोलोम्बिायामा खानी विस्फोट, २ को मृत्यु, ११ बेपत्ता

 

असार - १० । मध्य कोलोम्बियामा अवस्थित एक स्थानीय खानी शुक्रबार विस्फोट हुदाँ दुई व्यक्तिको मृत्यु हुनुको साथै अन्य ११ जना बेपत्ता भएका अधिकारीहरुले जानकारी दिएका छन् । आधिकारीक जानकारीअनुसार बेपत्ता कामदारको खोजीको लागि उद्धाराकार्य जारी रहेको छ ।

उत्तर बोगोटाबाट ९० किलोमिटर उत्तरमा पर्ने कुन्दिनामार्का राज्यको कुकुनुबा सहरमा रहेको सो खानी विस्फोट भएको थियो । अधिकारीहरुका अनुसार यस विस्फोटनको कारण हालसम्म प्रष्ट नभएको र यस विस्फोटमा परी अन्य एक व्यक्ति घाइते भएका छन् ।

शुक्रबार बिहान सवेरै दिएको जानकारीअनुसार यस विस्पोटनमा परी एक व्यक्तिको मृत्यु हुनुको साथै अन्य १८ बेपत्ता भनिएको थियो । तर पछि उक्त सङ्ख्या परिवर्तनसहितको समाचार दिइएको थियो ।

औपचारिक भ्रमणको क्रममा फ्राँस पुग्नु भएका कोलोम्बिया राष्ट्रपति जुआन म्यानुएल सान्तोसले ट्वीटरमार्फत आफू पिडितको साथमा रहेको बताएका छन् । सो खानीमा फर्सेका कामदारहरुलाई उद्धार गर्नको लागि राति पनि प्रयास जारी रहेको संकटकालीन व्यवस्थान एकाइका निर्देशक विलसन गर्सियाले बताए ।

विशेष