शेयर

साताको सेयर बजारः तीन अर्बको कारोबार

साताको सेयर बजारः तीन अर्बको कारोबार

 

असार - १० । धितोपत्र बजारमा यससाता दुई अर्ब ९६ करोड १९ लाख २० हजार बराबरको सेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्जकाअनुसार कुल १६४ कम्पनीको ५२ लाख ९२ हजार ६० कित्ता सेयर खरिद बिक्री भएको हो ।

कारोबार रकम गत साताको भन्दा शुन्य दशमलव शुन्य दुई प्रतिशतले कम रहेको छ । गत साता १६१ कम्पनीको ४९ लाख आठ हजार ६० कित्तासेयर दुई अर्ब ९६ करोड २५ लाख २२ हजारमा खरिद बिक्री भएको थियो ।

स्टककाअनुसार यस साता ‘क’ वर्गका कम्पनीको कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ३ दशमलव ७६ अङकले घटेर ३३० दशमलव ९ अङ्कमा आइपुगेको छ । यस साता कारोबार रकमका आधारमा एभरेस्ट बैंक अग्रस्थानमा रहेको छ । सो बैंकको रु ३० करोड छ लाख ८० हजार बराबरको सेयर कारोबार भएको थियो ।

त्यसैगरी कारोबार भएको सेयर सङ्ख्याका आधारमा प्रभु बैंक अग्रस्थनामा रहेको छ । सो बैंकको सात लाख ८० हजार कित्ता सेयर कारोबार भएको थियो । यस साता विभिन्न ६ कम्पनीका बोनस र हकप्रद सेयर स्टकमा सूचीकृत भएको छ ।

विशेष