शेयर

सेयर बजारमा सामान्य सुधार

सेयर बजारमा सामान्य सुधार

असार ११ । धितोपत्र बजारमा आज(अाइतबार) सेयरको मूल्य सामान्य अङ्कले सुधार भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक ८।२३ बिन्दुले बढेर एक हजार ५६७ बिन्दुमा पुग्यो ।

कुल १४८ कम्पनीको १५ लाख ८५ हजार ९६७ कित्ता सेयर रु ७३ करोड ९४ लाख ४१ हजार ३३५ मूल्यमा खरिद बिक्री भएको स्टकले जानकारी दिएको छ । ठूला कम्पनीको सेयर मापन गर्ने सेन्सेटिभ परिसूचक पनि १।८५ बिन्दुले उकालो लागेर ३३२ बिन्दुमा पुगेको छ ।

बीमा समूहको सेयरबाहेक अन्य समूहको सेयरको कारोबारमा सुधार भएको स्टकले जनाएको छ । सो समूहको सेयर ८।६९ बिन्दुले घटेको छ ।

यस्तै, बैंकिङ समूह १२।५६, होटल ११।०४, विकास बैंक ४।४३, जलविद्युत् १।८३, फाइनान्स २।७, उत्पादन ८।४६ र अन्य समूह ०।८७ बिन्दुले बढेको छ । 

share bajar

विशेष