कपिलवस्तुमा बम फेला

असार ११ । नेपाली काँग्रेसबाट कपिलवस्तु वाणगङ्गा नगरपालिकाका प्रमुख पदका उम्मेदवार मङ्गलप्रसाद थारुको घर अगाडि आज(अाइतबार) बम फेला परेको छ ।
बम फेला परेपछि केहिबेर स्थानीय त्रसित भएका थिए । बमलाई नेपाली सेनाको टोलीले निष्क्रय गरेको छ ।
तर्साउने उद्देश्यले बम राखेको हुन सक्ने इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक राजु कार्कीले जानकारी दिए । यसअघि नेपाली काँग्रेसका उम्मेदवारले असार ४ गते मनोनयन दर्ता गर्न जाँदा गजेहडामा भएको बम बिस्फोटनमा परी करिब १२ जना घाइते भएका थिए ।
kapilvastu