विदेश

कतारको हमाद वन्दरगाहामा ७ सय १० कन्टेनर सामान अाइपुग्यो

कतारको हमाद वन्दरगाहामा ७ सय १० कन्टेनर सामान अाइपुग्यो

असार – १२ । भारत कतार एक्सप्रेस सर्भिसका दुई समुन्द्री जहाज कतारको हमाद बन्दरगाहमा आइपुगेका छन् । कतारले भारतसँग मिलेल आवश्यक खाद्यान्यलगायतका सामग्री द्रुतगतिमा ल्याउन भारत कतार एक्सप्रेस सर्भिस सुरु गरेको हो ।

भारत कतार एक्सप्रेस सर्भिसले भारतको मुन्द्रा र न्हावा सेवाबाट आवश्वक खाद्यान्य तथा सामाग्री कतार ल्याउन थालेको हो । पहिलो पटक यी वन्दरगाहामा सात सय १० कन्टेनर सामान आइपुगेको छ । कतारी यातायात तथा सञ्चार मन्त्रालयका अनुसार हरेक शुक्रवार यी जहाजले सामान ल्याउने छन् ।

मन्त्रालयका अनुसार नयाँ रुट अनुसार मुन्द्रा, न्हावा सेवा र हमाद वन्दरगाहामा स्थानीय कार्गो नियमीत ल्याउने र पठाउने काम भइरहेको छ ।

त्यसैगरी टुर्कीबाट पहिलो जहाजले ४ हजार टन खाद्यान्य, फलफुल, तरकारी वोकेर कतारतर्फ लागेको जनाएको छ । गत विहिवार हिडेको यो जहाज १० दिनमा दोहा आइपुग्ने अनुमान गरिएको छ ।

 

विशेष