विदेश

चीनका नोबेल शान्ति पुरस्कार विजेता लिउ जेलमुक्त

चीनका नोबेल शान्ति पुरस्कार विजेता लिउ जेलमुक्त

असार – १२ । चीनका नोबेल शान्ति पुरस्कार विजेता लिउ स्याओबोलाई जेलमुक्त भएका छन् । सन् २००९ मा चिनियाँ अदालतले चिनियाँ कलाकार तथा मानवअधिकारकर्मीसमेत रहेका लिउलाई ‘हिंसा भड्काएको’ आरोपमा ११ वर्षको कैद सजाय दिएको थियो ।

लिउलाई कलेजोमा क्यान्सरको संक्रमण भएपछि रिहा गरिएको हो । उनका वकिलका अनुसार लिउलाई लियाओनिङ प्रान्तको सेन्याङस्थित एक अस्पतालमा उपचार भइरहेको छ ।

सन् १९५५ मा जन्मेका लिउले साहित्य तथा दर्शनशास्त्र अध्ययन गरेका थिए । उनी एक कुशल साहित्यिक समीक्षक तथा बेइजिङ विश्वविद्यालयमा लेक्चरको रुपमा काम पनि गरेका थिए । उनलले सन् १९८८ मा विद्यावारिधी गरेका थिए ।

चिनियाँ संस्थापनलाई चिढ्याउँदै उनलाई सन् २०१० मा नोबेल शान्ति पुरस्कार दिइएको थियो । चीनले ‘अपराधी’का रुपमा चित्रण गरेका व्यक्तिलाई नोबेल पुरस्कार दिइएपछि नर्वे र चीनबीच कूटनीतिक सम्बन्ध चिसिएको थियो ।

नोबेल पुरस्कार समितिले लिउले चीनमा लामो समय शान्तिपूर्ण रुपमा मानवअधिकारको पक्षमा लडेकाले नोबेल शान्ति पुरस्कार प्रदान गरेको बताएको थियो ।

liu-xiaobo

विशेष