News

विप्लवले चुनाव बिथोल्न बम पड्काउनू भनेर आदेश दिए, बम बोक्ने कै ज्यान गयो

विप्लवका कारण ज्यान गयो, न क्षतिपूर्ति न शहीद

विप्लवले चुनाव बिथोल्न बम पड्काउनू भनेर आदेश दिए, बम बोक्ने कै ज्यान गयो

असार–१३ । धनगढी उपमहानगरपालिका वडा नम्वर ४ खानेपानी रोडमा आफैले बोकेको बम पड्किदा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताको ज्यान गएको छ ।
नेकपाका जिल्ला सदस्य चन्द्र वहादुर सिह सनरार्यजको आफैंले बोकेको बम पड्कीएर ज्यान गएको हो । सोमबार राति ९ बजेर ५५ मिनेटमा खानेपानी रोडमा रहेको जिएस एण्ड सन्स रेष्टुरेन्टको पछाडिपट्टी सिंहले नै बोकेको बम पड्किएको थियो । बम पड्किएर गम्भीर घाईते भएका सिंहलाई उपचारका लागि सेती अञ्चल अस्पताल लगिएकोमा उपचारका क्रममा ११ बजेर ४० मिनेटमा सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक अर्जुन चन्दले जानकारी दिए ।
प्रहरीले घट्नास्थलबाट सिंहको परिचय खुल्ने कागजपत्र फेला पारेको छ । मृत्यु हुनुअघि सिंहले नै आफ्नो परिचय बताएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक अर्जुन चन्दले बताए । घाईते सिंहको शरीर क्षतबिक्षत थियो । घाईते सिंहलाई घट्नास्थलबाट रक्ताम्य र क्षतविक्षप्त अवस्थामा प्रहरीले अस्पताल र्पुयाएको थियो । अस्पताल र्पुयाउदासम्म सिंह बोलिरहेका र अस्पताल र्पुयाएपछि बेहोस भएका सिंहको उपचारकै क्रममा मृत्यु भएको हो ।
घट्नास्थल सेती अञ्चल प्रहरी कार्यालयबाट करीव तीन सय मिटरको दूरीमा रहेको छ । प्रहरीलाई चुनौती दिने तथा उम्मेदवारलाई आतंकित गर्ने मनशायले विप्लव समूहले बम विस्फोटनको प्रसाय गरेको अनुमान गरिएको छ । होटलसंगै नेकपा एमालेकी वडा नम्बर ४ की सदस्यकी उम्मेदवार सरिता सोवको घर जोडिएको छ । बन्द रहेको होटलमा विप्लव समूहका सिंह होटल छेउमा रहेको सानो गल्लीबाट पछाडि गएको हुन सक्ने जिएस एण्ड सन्स रेष्टुरेन्टका सञ्चालक राज कुमार खड्काले बताए ।
बम बिस्फोट गर्नुअघि नै पड्किएपछि उनी घाईते भएको प्रहरीको अनुमान छ ।

विशेष