विदेश

सिक्किम क्षेत्रमा भारतीय र चिनियाँ सैनिकबीच झडप, चीनद्वारा २ वटा बंकर ध्वस्त

सिक्किम क्षेत्रमा भारतीय र चिनियाँ सैनिकबीच झडप, चीनद्वारा २ वटा बंकर ध्वस्त

असार – १३ । भारतको सिक्किम क्षेत्रमा भारतीय र चिनियाँ सैनिकबीच झडप हुँदा भएको छ । उक्त झडपपछि चिनियाँ पक्षले भारतीय सैनिकका दुईवटा बंकर ध्वस्त बनाइदिएका छन् ।

चिनियाँ सैनिक जबरजस्ती भारतीय सीमा क्षेत्रमा प्रवेश गर्न खोजेपछि सो झडप भएको हो । भारतीय सैनिकले उनीहरुलाई मानव सान्लो बनाएर रोक्ने प्रयास गर्दा स्थिति झडपमा परिणत भएको बताइको छ । सैनिकलाई रोक्नका लागि भारतीय सैनिकलाई हम्मेहम्मे परेको थियो ।

चीन र भारतबीचको सम्बन्धको पारो माथिल्लो तहमा पुगेको बेला दुबै देशको सीमामा यो घटना घटेको हो । भारतले चीनको प्रस्तावमा आएको वन बेल्ट वन रोड (ओबीओआर)बाट मुख घुमाएको र चीनले भारतलाई एनएसचीमा प्रवेशमा रोक लगाएपछि दुबै देशको सम्बन्धको सीमामा चिसोपन देखिएको छ ।

तर, चीन सरकारले भारतीय सैनिकले बिना अनुमती चिनियाँ सीमा क्षेत्र प्रवेश गरेको आरोप लगाएको छ । भारतले भने पहिल्लो १० दिनमा सिक्किमको दोका ला जनरल क्षेत्रमामा चिनियाँ सैनिकहरु घुसपैठ प्रयास गरिरहेको बताएको छ ।

भारतीय मिडियाका अनुसार चिनियाँ सैनिकले कैलाश मानसरोवरको यात्रामा गएका श्रद्धालुहरुको समूहलाई पनि रोकेको थियो । चीनले भने कैलास मानसरोवर रोक्नुको कारण सीमा क्षेत्रमा बढ्दै गरेका अस्वभाविक गति बभएको बताएको छ ।

चीनले भारतलाई सीमामा घुसपैठको आरोप लगाउँदै बेजिङस्थित भारतीय हाई कमिश्नर र दिल्लीस्थित हाई कमिश्नरलाई विरोध पत्र बुझाएको छ । चीनले योभन्दा पहिला सन् २००८ मा पनि यही क्षेत्रमा भारतीय सैनिक घुसपैठ भएको भन्दै बंकर ध्वस्त बनाइदिएको थियो । भारतीय सेना र आइटीबीपीले सो क्षेत्रको सीमा सुरक्षा दिदै आइरहेको छ ।

विशेष