विदेश

इयुले गूगललाई लगायो २.७ अर्ब डलर जरिवाना, कारण यस्तो

इयुले गूगललाई लगायो २.७ अर्ब डलर जरिवाना, कारण यस्तो

असार – १३ । अमेरिकी सर्च इन्जिन कम्पनी गूगललाई युरोपेली आयोगले २ दशमलब ७ अर्ब डलर जरिवाना गरेको छ । सर्च रिजल्टहरुमा आफ्नै किनमेलका सेवा प्रवद्र्धन गरेर शक्ति दुरुपयोग गरेको आरोपमा आयोगले ठूलो रकम जरिवाना गरेको हो ।

साथै आयोगले गूगललाई प्रतिस्पर्धा विरोधी क्रियाकलाप ९० दिनभित्रमा बन्द गर्न आदेश दिदै बन्द नगरे थप जरिवानाका लागि तयार रहनसमेत चेतावनी दिएको छ । तर, गूगलका प्रवक्ताले भने गूगलविरुद्ध लागेको अभियोगप्रति पुनरावेदन गर्ने संकेत दिएका छन् ।

आयोगको फैसलाप्रति प्रतिक्रिया दिदै कम्पनीका प्रवक्ताले भने, ‘हामी आज घोषित निर्णयप्रति सम्मानपूर्वक असहमती जनाउँछौँ, हामीले पुनरावेदन गर्ने भएकाले आयोगले गरेको निर्णयलाई विस्तृत रुपमा समीक्षा गर्नेछौँ ।’

तर, किनमेल परामर्श सेवा सञ्चालन गर्ने प्रविधिमा तीन महिनाभित्र परिवर्तन नगरे सो कम्पनीको केन्द्र कम्पनी अल्फाबिटाको दैनिक विश्वव्यापी आम्दानीको ५ प्रतिशतले हुन आउने रकम जरिवाना स्वरुपम आयोगलाई दिनु पर्ने युरोपियन आयोगले चेतावनी दिएको छ । गूगलको आम्दानी पछिल्लो प्रतिवेदन अनुसार दैनिक करिब एक करोड चालिस लाख डलर हुने गर्दछ ।

विशेष