News

आक्रोशित स्थानीयद्वारा पूर्वजर्नेल निर्घात कुटिए

आक्रोशित स्थानीयद्वारा पूर्वजर्नेल निर्घात कुटिए

असार - १३ । माओवादीका पूर्वसभासद एवं नेपाली सेनाका पूर्वजर्नेल कुमार फुदुङलाई स्थानीयले निर्घात कुटपिट गरेका छन् । आफ्नो घर–पसिरमा मारिएकी महिलाको विषयमा फुदुङले गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएको भन्दै मंगलबार स्थानीयले उनीमाथि कुटपिट गरेका हुन् ।

इटहरी–४ स्थित उनको घर रहेको विशाल बगैंचामा माछापाल्ने पोखरीछेउबाट ३० वर्षीया रन्जु ठकुरीको शव भेटिएको थियो । स्थानीयवासीले महिलाको शव भेटिएको विषयमा जवाफ माग्दा ‘जवाफ खोज्न अदालत जानू’ भन्ने ठाडो जवाफ दिएको भन्दै आक्रोशित स्थानीयवासीले फुदुङलाई पक्राउ गर्न माग गरेका थिए ।

तर, प्रहरीले फुदुङलाई पक्राउ नगरेपछि स्थानीयले फुदुङको घर पुगेर उनलाई कुट्दै नियन्त्रणमा लिएका हुन् । कुटपिटबाट फुदुङको टाउको फुटेको छ । अहिले प्रहरीले उनको उद्धार गरी उपचारका लागि स्थानीय स्वास्थ्य संस्था पुर्याएका छन् ।

विशेष