विदेश

जलवायुसम्बन्धी पेरिस सम्झौताबाट बाहिरिने अमेरिकाको चेतावनी

जलवायुसम्बन्धी पेरिस सम्झौताबाट बाहिरिने अमेरिकाको चेतावनी

जेठ १९ । जलवायुसम्बन्धी पेरिस सम्झौतामा आनाकानी गर्दै आएको अमेरिकाले यस सम्झौताबाट बाहिरिने चेतावनी दिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पेरिस सम्झौता अमेरिकी हित विपरीत रहेको भन्दै बाहिरिने धम्की दिएका हुन् । आफू अमेरिकी नागरिकको रोजगारी र अमेरिकाको औद्योगिक हितको पक्षमा रहेको भन्दै ट्रम्पले यसबाट बाहिरिने स्पष्ट पारेका हुन् । राष्ट्रपति ट्रम्पले चुनावी प्रचारकै क्रममा पेरिस सम्झौताबाट बाहिरिने प्रतिबद्धता ब्यक्त गरेका थिए ।

यसैबीच ट्रम्पको नीतिको चीन, रुस, युरोपियन युनियनलगायतले आलोचना गरेका छन् । यसअघि चीन र ईयुका नेताहरुले पेरिस सम्झौताबारे संयुक्त विज्ञप्ति निकालेर सम्झौता परिवर्तन गरिने प्रतिबद्धता जनाएका थिए ।

पेरिस सम्झौतामा विश्वका विभिन्न राष्ट्रले विश्वब्यापी तापमानलाई औद्योगिक युगअघिको तुलनामा औसत २ डिग्री भन्दा कम सेल्सियसले मात्र बढ्न दिने प्रतिबद्धता जनाएका थिए ।

विशेष