News

मोरङमा कुन नेताले कहाँबाट मतदान गरे

मोरङमा कुन नेताले कहाँबाट मतदान गरे

असार १४ । दोस्रोेचरणको निर्वाचनअन्तर्गत मोरङ जिल्लाको विभिन्न मतदान केन्द्रबाट विभिन्न दलका केन्द्रीयस्तरका नेताले आज मतदान गरेका छन् ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले विराटनगर–२ स्थित जनता मावि शङ्करपुर मतदान केन्द्रबाट मतदान गरेका छन् र अर्का केन्द्रीय सदस्य डा शेखर कोइरालाले विराटनगर– १ स्थित आदर्श उच्च माविको मतदान केन्द्रबाट मतदान गरेका छन् ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा मिनेन्द्र रिजालले विराटनगर– ३ स्थित पुसेट क्याम्पसको मतदान केन्द्रबाट मतदान गरेका छन् ।

त्यसैगरी,नेकपा एमालेका पोलिटब्यूरो सदस्य लालबाबु पण्डितले विराटनगर–१२ स्थित महेन्द्र मोरङ क्याम्पसको मतदान केन्द्रबाट र सोही मतदान केन्द्रबाट नेपाली काँग्रेस मोरङका पूर्व सभापति एवम् सांसद अमृत अर्यालले मतदान गरेका हुन् ।

यसका साथै, नेपाली काँग्रेसका केन्द्रीय सदस्य डीला सङ्ग्रौला विराटनगर–११ स्थित जनपथ माविको मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

यस्तै, सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले विराटनगर–१४ स्थित स्नातकोत्तर क्याम्पसको मतदान केन्द्रबाट मतदान गरेका छन् । नेकपा एमालेका नेता एवम् सांसद् शिवकुमार मण्डलले सुनवर्षी नगरपालिकाबाट मतदान गरेका छन् ।

विशेष